अफगानिस्तानमा स्वास्थ्य सहायताकर्मीको हत्याको संयुक्त राष्ट्रसंघद्वारा निन्दा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

अफगानिस्तानमा स्वास्थ्य सहायताकर्मीको हत्याको संयुक्त राष्ट्रसंघद्वारा निन्दा


३ असार २०७८, बिहिबार


संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका एक वरिष्ठ अधिकारीले अफगानिस्तानमा भएको स्वास्थ्य सहायताकर्मीको हत्याको निन्दा गरेका छन् ।

अफगानिस्तानको नानगाहार प्रान्तमा पाँचजना स्वास्थ्यकर्मीको हत्या भएको थियो । साथै अरु केही स्वास्थ्य सहायताकर्मीलाई घाइते बनाइएको थियो ।

नानगाहार प्रान्तमा संयुक्त राष्ट्रसंघका स्वास्थ्यकर्मीहरुले पोलियो थोपा खुवाउने कार्यक्रममा सहभागी भएका थिए । सोही क्रममा तालिबान लडाकूहरुले उनीहरुको हत्या गरेका बताइएको छ ।

अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघका प्रतिनिधि रामिज अलखारबले सो हत्याको निन्दा गरेका हुन् ।

उनले नागरिकलाई स्वास्थ्य सहयोग गरिरहेका सहयताकर्मीहरुको हत्या निन्दनीय हो भन्दै यसमा संलग्नहरुलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने माग गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस