निर्वाचन आयोगमा दर्ता भएको नेकपा एमालेको निवेदन ‘हरायो’ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

निर्वाचन आयोगमा दर्ता भएको नेकपा एमालेको निवेदन ‘हरायो’


३ असार २०७८, बिहिबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेको निर्वाचन आयोगमा दर्ता भएको निवेदन हराएको छ ।

फागुन २८ मा एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित नेतृत्व विघटन, पार्टी विधान संशोधन र दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बनाउनेसहितका निर्णय गरी एमाले अध्यक्ष केपी शर्मा ओलीले आयोगमा पत्र पठाएका थिए ।

त्यसको एक महिनापछि वरिष्ठ नेता माधवकुमार नेपालले ओलीले गरेका निर्णय रोक्न माग गर्दै आयोगमा अर्को निवेदन दर्ता गराएका थिए । वैशाख ५ मा नेपा समूहले आयोगका प्रमुख आयुक्त लाई भेटेरै निवेदन दिएका थिए । उनीहरूले निवेदन दर्ताको नम्बर १२०८ रहेको समेत बताएका थिए ।

तर, आयोगका पदाधिकारीहरूले भने एमालेको निवेदनबारे कुनै जानकारी नरहेको बताएका छन् । आयोगको सचिवालयमा पत्र आएको भए पनि अद्यावधिकका लागि आयोगमा पेस नभएको पदाधिकारीहरूको भनाइ छ ।

एमालेको आवेदनमा दल दर्ता गरिनुपर्ने माग रहेको छ । आयोगमा दर्ता नभएसम्म कुनै पनि दलको निर्णयले वैधानिकता पाउँदैन ।

फागुन २३ मा नेकपा विघटनपछि आयोगले साबिककै नेकपा एमाले र माओवादी केन्द्र रहेको अभिलेख राखेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस