हात्ती आक्रमणबाट एक पुरुषको मृत्यु « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

हात्ती आक्रमणबाट एक पुरुषको मृत्यु


२ असार २०७८, बुधबार


बाँके । बर्दियाको बाँसगढी नगरपालिका– ८ का ७८ वर्षीय एक जना पुरुषलाई जंगली हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको छ ।

च्याउ खोज्न गएका नरेशस्वर सापकोटालाई नवप्रभात सामुदायिक वनमा हात्तीले आक्रमण गरेको थियो ।

मृतकको पोष्ट्रमाटमका लागि बर्दिया राष्ट्रिय निकुञ्जको प्रशासन र बासँगढी नगररपालिकाका प्रमुख शालीकराम सापकोटासहितको टोली घटनास्थल जाने बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत असिम थापाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस