पूर्वप्रधानमन्त्री खनाललाई थप उपचारका लागि आज दिल्ली लगिँदै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पूर्वप्रधानमन्त्री खनाललाई थप उपचारका लागि आज दिल्ली लगिँदै


२ असार २०७८, बुधबार


काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनाललाई थप उपचारका लागि भारतको नयाँदिल्ली लैजाने तयारी गरिएको छ।

काठमाडौँको नर्भिक अस्पताल भर्ना गरिएका खनाललाई थप उपचारका लागि आज दिउँसो साढे १२ बजे जहाजबाट दिल्ली लैजाने तयारी गरिएको उनको सचिवालयले जानकारी दिएको छ।

दिल्लीस्थित एपोलो अस्पतालमा उनको उपचार गरिने छ । खनालसँगै उनकी श्रीमती, छोरा र एक जना चिकित्सक दिल्ली जानेछन्।

खनाललाई ज्वरो र रगतमा हेमोग्लोबिनको कमीलगायत समस्या देखिएको ९ दिन पछि नर्भिक अस्पताल भर्ना गरिएको थियो।

खनाल यसअघि कोरोना सङ्क्रमित भई सङ्क्रमणमुक्त भएका थिए।

तस्बिर : मन्त्री शेरबहादुर तामाङको फेसबुक।

Tags :
प्रतिक्रिया दिनुहोस