कर्णालीमा कोरोना मृत्युदर शून्य « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कर्णालीमा कोरोना मृत्युदर शून्य


२ असार २०७८, बुधबार


कर्णाली ब्युरो । कर्णाली प्रदेशमा कोरोना मृत्युदर शून्यमा झरेको छ । मङ्गलवारको तथ्याङ्क अनुसार कर्णाली प्रदेशमा कोरोना नयाँ भेरियन्टबाट मृत्युदर शून्यमा झरेको हो ।

प्रतिदिन १३ जनासम्म मृत्यु दर पुगेको कर्णाली प्रदेशमा मङ्गलवार शून्यमा झरेको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जानकारी दिएको छ।

स्वास्थ्य सेवा निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ५० जना कोभिड सङ्क्रमित निको भई घर फर्किसकेका छन्। ६८ जना आइसोलेसनमा, १९ जना आइसियु र ७ जना भेन्टिलेटरमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस