डोटीमा पहिरोमा च्यापिएर एक जनाको मृत्यु, दुई घाइते « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

डोटीमा पहिरोमा च्यापिएर एक जनाको मृत्यु, दुई घाइते


२ असार २०७८, बुधबार


डोटी । डोटीमा पहिरोमा च्यापिएर एक जनाको मृत्यु भएको छ। जिल्लाको केआईसिंह गाउँपालिका वडा नंं ३ वासुदेवी देउकाँडाका ६५ वर्षीय खडकबहादुर बमको पहिरोमा च्यापिएर मृत्यु भएको हो।

बमको साथमा पानी फर्काउन गएकी दुई बालिका पनि घाइते भएकी छन् । घाइते हुनेहरूमा वासुदेवीको झिगावस्तीका १३ वर्षीय पुनी कुँवर र १६ वर्षीय पूजा कुँवर रहेका छन्। पुनीको हात भाँचिएको छ भने पुजाको टाउकोमा चोट लागेको छ।

खानेपानी अवरुद्ध भएपछि पानी बनाउन मुहानमा गएका बमको खिरणा खोलाको पहिरोमा परेर निधन भएको स्थानीय खगेन्द्र बडैलाले बताए। मुहानको माथिबाट आएको पहिरोमा बम च्यापिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस