गोदावरी सनराइज सम्मेलन केन्द्रको छानबिन हुने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

गोदावरी सनराइज सम्मेलन केन्द्रको छानबिन हुने


२ असार २०७८, बुधबार


काठमाडौँ । उद्घाटन भएको एक महिना नबित्दै चुहिन थालेको गोदावरी सनराइज सम्मेलन केन्द्र को छानबिन हुने भएको छ ।

निर्माण सकिएको एक महिना पनि पुरा नहुँदै उद्घाटन समेत भइसकेको सम्मेलन केन्द्रको छानाहरू चुहिएको खबर बाहिरिएसँगै सहरी विकास तथा भवन निर्माण विभागका उपमहा निर्देशक दिलीप भण्डारीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरी छानबिन गरिने भएको हो ।

पौने अरब भन्दा बढी लागतमा निर्मित भवन एक महिना पनि पुरा नहुँदै चुहिएको खबर विभिन्न सञ्चार माध्यममा बाहिरिएसँगै सामाजिक सञ्जाललगायतमा त्यसको चर्को आलोचना भएपछि मङ्गलवार सहरी विकास मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै तीन तीन दिन भित्र मन्त्रालयमा प्रतिवेदन पेस गर्न भनेको छ ।

पाँच महिनामा सक्ने गरी सुरु लागत ६२ करोडमा गरिएको ठेक्का सम्पन्न हुन्जेल सम्म ८१ करोड पुर्‍याइएको छ । त्यसो त सहरी विकास मन्त्रालय अन्तर्गत सञ्चालित प्रायः हरेक जसो निर्माणका कार्यमा सुरु लागतमा सम्पन्न भएका आयोजना मुस्किलले भेटाउन सकिन्छ । हरेक निर्माण कार्यमा भेरियसनलाई अनिवार्य जसो बनाइँदै आउँदा पनि गुणस्तरको अवस्था यो हुन्छ भने हाम्रा संरचनाहरू किन दिगो हुँदैनन् भन्ने प्रश्न खोज्न अन्त जानै पर्दै छ ।

राजधानीमै, त्यो पनि देशको प्रधानमन्त्रीले उद्घाटन गर्ने संरचनाहरूमा यो अवस्था छ भने देशका कुनाकाप्चाका विकास निर्माणहरू कसरी चलिरहेका छन् भन्ने सजिलै आङ्कलन गर्न सकिन्छ । सरकारी निकायबाटै हुने कमी कमजोरीलाई जबसम्म नजरअन्दाज गरिन्छ तबसम्म पूर्वाधार बलियो नहुने बताउँछन् विभागकै एक कर्मचारी । समयमै सम्पन्न नभएपछि उक्त सम्मेलन केन्द्रको दुई पटक म्यादसमेत थप भइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस