सिन्धुपाल्चोकमा बाढीकाे वितण्डा : कम्तीमा चार जना बेपत्ता (हेर्नुस भिडियो र तस्वीर) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सिन्धुपाल्चोकमा बाढीकाे वितण्डा : कम्तीमा चार जना बेपत्ता (हेर्नुस भिडियो र तस्वीर)


२ असार २०७८, बुधबार


काठमाडौँ । मङ्गलवार साँझ सिन्धुपाल्चोकको हेलम्बुमा आएको बाढी र पहिरोले कम्तीमा चार जना बेपत्ता भएका छन् ।

हेलम्बु बजार क्षेत्रका ३ पुरुष र १ महिला गरी चार जना बेपत्ता भएको भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले पुष्टि गरेको छ ।

तर स्थानीयका अनुसार मङ्गलवार साँझ मेलम्ची (इन्द्रावती)मा आएको बाढीले ठूलो सङ्ख्याभन्दा मानिस बेपत्ता भएको बताइएको छ ।

प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा यातायात सम्पर्कविच्छेद भएको छ । मेलम्ची–नवलपुर –चौतारा जोड्ने पुलसमेत बाढीले बगाएको छ भने ठाउँ ठाउँका झोलुङ्गे पुल बगेका छन् ।

तस्वीर : सुशील सुवेदी

Tags :
प्रतिक्रिया दिनुहोस