कर्णाली प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित


१ असार २०७८, मंगलबार


सुर्खेत । कर्णाली प्रदेश सभाले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । मंगलबार बसेको प्रदेश सभा बैठकले सरकारको कार्यक्रम बहुमतले पारित भएको सभामुख राजबहादुर शाहीले घोषणा गरेका हुन् ।

मंगलबार बसेको बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जवाफ दिएपछि नीति कार्यक्रम पारित भएको हो । सर्वोच्च अदालतले पुनर्बहाली गरेका एमालेका तीन प्रदेशसभा सदस्य नीति तथा कार्यक्रमको पक्षमा उभिएका छन् ।

एमालेले आफ्ना सांसदहरु विपक्षी रोमा बस्नुपर्ने माग गर्दै संसद अवरुद्ध गर्ने चेतावनी दिनुका साथै नीति तथा कार्यक्रमको विपक्षमा मत दिन ह्वीप जारी गरेको थियो । तर तीन मन्त्री त्यसमा तयार नभई सरकारको पक्षमा उभिएका थिए ।

मंगलबारको बैठकमा संसदीय दलका नेता यामलाल कँडेलले बजेट पेश गर्नुपर्ने संवैधानिक बाध्यताका कारण संसद सञ्चालनमा सहयोग गर्ने घोषणा गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस