देशभर चट्याङसहित भारी बर्षाको सम्भावना, सतर्क रहन आग्रह « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

देशभर चट्याङसहित भारी बर्षाको सम्भावना, सतर्क रहन आग्रह


१ असार २०७८, मंगलबार


काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेकाले देशका अधिकांश स्थानमा वर्षा हुने र केही स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मंगलबार प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। त्यस क्षेत्रमा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

मंगलबार बिहान देशभर सामान्यको मौसम बदली रहेको छ। गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा वर्षा भईरहेको छ। प्रदेश २ को थोरै स्थानमा चट्याङसहित वर्षा भइरहेको महाशाखाले जनाएको छ।

दिउँसो पनि देशभर मौसम बदली रहनेछ। अधिकांश स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना छ।

मंगलबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। अधिकांश स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस