सङ्घदेखि प्रदेशसम्म गठबन्धनलाई निरन्तरता दिने कोटेश्वर वार्ताको निष्कर्ष « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सङ्घदेखि प्रदेशसम्म गठबन्धनलाई निरन्तरता दिने कोटेश्वर वार्ताको निष्कर्ष


३१ जेष्ठ २०७८, सोमबार


काठमाडौँ । विपक्षी गठबन्धनका प्रमुख तीन नेताले संप्रदेशदेखि सङ्घसम्म नै गठबन्धनलाई निरन्तरता दिने र सरकारविरुद्ध दृढ भएर उभिने निष्कर्ष निकालेका छन् ।

नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा बसेको बैठकले विधान र लोकतन्त्रको रक्षार्थ भएको सहकार्यमा आपसी अविश्वास उत्पन्न हुन नदिने निर्णय लिएका हुन् ।

बैठकमा नेता नेपालसहित नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का उपस्थित रहेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस