रुपन्देहीमा असार ७ गतेसम्म निषेधाज्ञा थप « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

रुपन्देहीमा असार ७ गतेसम्म निषेधाज्ञा थप


३१ जेष्ठ २०७८, सोमबार


काठमाडौँ । रुपन्देहीमा असार ७ गतेसम्म निषेधाज्ञा थपिएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीडीएमसी) को बैठकले गरेको निर्णयको आधारमा केही खुकुलो बनाएर असार ७ गते मध्यराति १२ बजेसम्म निषेधाज्ञा लब्याइएको हो ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार कोरोना संक्रमण नियन्त्रणमा आइनसकेकाले निषेधाज्ञा जारी राखिएको जनाएको छ । निषेधाज्ञा अवधिमा तरकारी, फलफूल, दूध डेरी तथा माछा–मासु पसल बिहान ५ बजेदेखि ८ बजेसम्म खोल्न पाइनेछ ।

यस्तै अन्य व्यवसाय बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खोल्न सकिनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस