उच्च रक्तस्रावका कारण सुत्केरीको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

उच्च रक्तस्रावका कारण सुत्केरीको मृत्यु


३१ जेष्ठ २०७८, सोमबार


ओखलढुङ्गा । उच्च रक्तस्रावका कारण यहाँ एक सुत्केरीको मृत्यु भएको छ । शिशुलाई जन्म दिएको शुरु भएको उच्च रक्तस्रावबाट मोलुङ गाउँपालिका– ६ श्रीचौरका जङ्बु शेर्पाकी ३० वर्षीया श्रीमती डोमा शेर्पाको मृत्यु भएको हो ।

डोमालाई आइतबार श्रीचौर स्वास्थ्य चौकीले ओखलढुङ्गा सामुदायिक अस्पतालमा सिफारिस गरेको थियो । अस्पताल नलगी स्थानीय पेशा पेशला पोलिक्लिनिकमा भर्ना गरिएकी शेर्पाले शिशुलाई जन्म दिए पनि उच्च रक्तस्रावको उपचार हुन नसक्दा मृत्यु भएको स्थानीयवासी शिवकुमार कार्कीले जानकारी दिए ।

कोरोना कहरको डरले शुरुमा अस्पताल नलगिएको र आपत्कालीन अवस्थामा अस्पताल लैजान नसकिएको पारिवारिक स्रोतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस