मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु


३१ जेष्ठ २०७८, सोमबार


धनगढी । धनगढीमा मोटरसाइकलले ठक्कर दिंदा साइकल यात्रीको मृत्यु भएको छ ।

आइतबार साँझ धनगढीको चौराहामा से ५ प २६७१ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा घाइते भएका साधुराम डगौराको मृत्यु भएको हो ।

भजनी नगरपालिका–१ का साइकलयात्री डगौराको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–६ का २२ वर्षीय मोहनप्रसाद जोशी र २२ वर्षीय माधवप्रसाद भट्ट गम्भीर घाइते भएका छन् ।

अहिले दुवै जनाको धनगढीको निसर्ग अस्पतालमा आईसीयूमा राखेर उपचार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस