काँग्रेसले भन्यो –पर्यटन काज शिक्षक र प्राध्यापकलाई पनि देऊ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

काँग्रेसले भन्यो –पर्यटन काज शिक्षक र प्राध्यापकलाई पनि देऊ


३१ जेष्ठ २०७८, सोमबार


काँग्रेस

काठमाडौँ । नेपाली काँग्रेसले निजामती कर्मचारीको लागि दिइएको पर्यटन काज सुविधा शिक्षक र प्राध्यापकलाई पनि दिन आग्रह गरेको छ ।

सोमवार नेपाली काँग्रेस शिक्षा विभागका सचिव डा. कृष्णप्रसाद रिजालले विज्ञप्ति जारी गर्दै निजामती कर्मचारीको लागि सरकारले बजेटमार्फत दिएको काज बिदा शिक्षक र प्राध्यापकलाई पनि दिन आग्रह गरेका हुन् ।

काँग्रेसले शिक्षकमाथि विभेद भएको भन्दै उक्त विषयमा सरकारको ध्यानाकर्षण गराएको हो ।

‘अध्यादेश मार्फत् ल्याइएको आर्थिक वर्ष २०७८र७९ को बजेटमा निजामती सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई प्रदान गरिने सेवा तथा सुविधामा शिक्षक र प्राध्यापकलाई विभेद गरेको छ’ विज्ञप्तिमा भनिएको छ ‘निजामती कर्मचारीलाई १० लाखको सामूहिक दुर्घटना बिमा र एक लाख रुपैयाँको स्वास्थ्य बिमा प्रिमियम बापतको रकम नेपाल सरकारे व्यहोर्ने निर्णय गरे पनि सोबाट समेत शिक्षक र प्राध्यापकलाई वञ्चित गरिएकोमा विभाग खेद प्रकट गर्दछ ।’

विभागले यो विभेदलाई सच्याउँदै भविष्यमा यस्तो विभेदकारी स्थिति सिर्जना नगर्न पनि सरकारलाई आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस