सुर्खेतमा सामाजिक अभियन्ता शाही समूह पछि हट्यो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सुर्खेतमा सामाजिक अभियन्ता शाही समूह पछि हट्यो


३० जेष्ठ २०७८, आइतबार


सुर्खेत । वीरेन्द्रनगर–१३ स्थित करेखोला जनताको चर्को विरोध पछि अभियन्ता ज्ञानेन्द्र शाही समूह पछि हटेको छ ।

गत शुक्रवार सामाजिक अभियन्ता शाही समूह र करेखोला स्थानीय बिच भएको झडपमा पाँच जना स्थानीयलाई प्रहरीले पक्राउ गरेको थियो भने शाही समूहका घाइतेको उपचारका लागि प्रदेश अस्पताल पुर्‍याएको थियो ।

दुवै पक्षसँग प्रहरीले छलफल चलाई १३ नं.वडा अध्यक्ष भूपेन्द्र दर्लामीको रोहवरमा मेलमिलाप गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डिएसपी राम प्रसाद घर्ती मगरले बताए ।

गाउँमा रातको समयमा रक्सीले मातिएर थर्काउन र लड्न खोजेपछि गाउँले पनि प्रतिकारमा अगाडि बढेको हो । दुवै पक्षले आज आ-आफ्नो गल्ती स्वीकार गरेपछि आफ्नो पाँच जना रिहाइ भएको स्थानीय मिना सलामीले बताएकी छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस