सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित


३० जेष्ठ २०७८, आइतबार


धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा बहुमतले पारित भएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएपछि कार्यक्रम बहुमतले पारित भएको हो ।

नेकपा माओवादी केन्द्र र नेकपा एमालेको माधव पक्षका बहुमत प्रदेशसभा सदस्यहरूले नीति तथा कार्यक्रमको समर्थन गरेपछि सभामुख अर्जुनबहादुर थापाले प्रदेशसभाबाट पारित भएको घोषणा गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस