तीन लाख नगद चोरी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

तीन लाख नगद चोरी


३० जेष्ठ २०७८, आइतबार


काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ महादेवस्थान बस्ने ४५ वर्षीय विनय मल्लको घरबाट करिब तीन लाख नगद आज चोरी भएको छ ।

भुइँ तलाको आगन्तुक कोठा खुलै रहेको अवस्थामा सुटकेशमा राखेको उक्त नगद चोरी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । चोरी गर्ने व्यक्तिको खोजी जारी छ ।

यसैबीच काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित रामबहादुर तामाङको घरको दोस्रो तलामा हाल एक महिला मृत फेला परेकी छिन् ।

मृत्युको कारण नखुलेको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनको पहिचान समेत खुलेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस