२४ घण्टामा २,४०७ जनामा संक्रमण, ३,९९४ जना संक्रमणमुक्त « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

२४ घण्टामा २,४०७ जनामा संक्रमण, ३,९९४ जना संक्रमणमुक्त


३० जेष्ठ २०७८, आइतबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा २,४०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ४०६ जनाको नमुना परीक्षण गरिएको थियो।

जसमध्ये काठमाडौँ उपत्यकामा ६५३ जना संक्रमित थपिएका छन्। यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण ४६ जनाको मृत्यु भएको छ ।

देशभर पछिल्लो २४ घण्टामा ३,९९४ जना संक्रमणमुक्त भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस