काठमाडौँ महानगरपालिकाले स्थगित गरेको खोप कार्यक्रम पुनः सञ्चालन गर्ने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

काठमाडौँ महानगरपालिकाले स्थगित गरेको खोप कार्यक्रम पुनः सञ्चालन गर्ने


३० जेष्ठ २०७८, आइतबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खोप अभावमा स्थगित गरेको कोेरोना विरुद्धको खोप कार्यक्रम पुनः सञ्चालन गर्ने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले भेरोसेल खोपको पहिलो मात्रा लगाउन छुटेका ६०–६१ वर्ष उमेर समूहका जेष्ठ नगारिकलाई खोप कार्यक्रम सञ्चालन गर्न परिपत्र भए बमोजिम खोप कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

काठमाडौँस्थित वीर अस्पताल, शिक्षण अस्पताल, विरेन्द्र सैनिक अस्पताल र निजामती कर्मचारी अस्पतालमा जेठ ३१ र असार १ गते खोप लगाइने कार्यक्रम रहेको छ ।

जेठ २५ गतेबाट काठमाडौँ उपत्यकासहित देशभर भेरोसेल खोपको पहिलो मात्रा लगाउने अभिायन सुरु भएको थियो । तर खोप अभावमा काठमाडौँ महानगरपालिकाले दुई दिन अघि नै खोप कार्यक्रम स्थगित गरेको थियो ।

खोप कार्यक्रम बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस