पूर्वमुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने गण्डकी सरकारको निर्णय « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पूर्वमुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने गण्डकी सरकारको निर्णय


३० जेष्ठ २०७८, आइतबार


गण्डकी । गण्डकी प्रदेश सरकारले पूर्व मुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय गरेको छ ।

शनिबार कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठन भएपछि आज बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले पूर्व मुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय गरेको हो ।

कार्यविधि बनाएर सुविधा निर्धारण गरिने जनाइएको छ । बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री कुमार खड्कालाई तोकेको छ ।

बैठकमा सरकारको आगामी नीति तथा कार्यक्रमलगायत विषयमा छलफल भएको प्रवक्ता खड्काले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस