कर्णाली प्रदेश नीति तथा कार्यक्रम : ‘समृद्ध कर्णाली, सुखारी कर्णालीबासी’ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कर्णाली प्रदेश नीति तथा कार्यक्रम : ‘समृद्ध कर्णाली, सुखारी कर्णालीबासी’


२९ जेष्ठ २०७८, शनिबार


कर्णाली । कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । प्रदेशसभाको आठौं अधिवेशनको छैटौं बैठकमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नीति तथा कार्यक्रम आज प्रस्तुत गरेका हुन्।

कर्णालीको दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्दै सामाजिक, आर्थिक न्यायसहितको विकासका लागि ‘स्वास्थ्य, शिक्षा, उत्पादन र रोजगार, दिगो विकास र समृद्धिको लागि पूर्वाधार’ भन्ने मूल ध्येय लिइएको सरकारको नीति तथा कार्यक्रमले स्वास्थ, शिक्षा, कृषि, रोजगारी, गरिबी अन्त्य र पूर्वाधार विकासलाई जोड दिएको छ ।

प्रदेश प्रमुख कलौनीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कर्णाली प्रदेश सरकारले ‘हामी महामारीलाई जित्छौँ’ भन्ने आत्मविश्वासका साथ जनताको स्वास्थ्यलाई उच्च प्राथमिकता दिइ स्वास्थ्य परीक्षण, उपचार, उपकरण, औषधि, जनशक्ति र पूर्वाधारसमेत व्यवस्थापनका कार्यहरू प्रभावकारी रुपमा अगाडि बढाउने नीति लिएको छ ।

कर्णाली प्रदेशको ‘समृद्ध कर्णाली, सुखारी कर्णालीबासी’ को दीर्घकालीन सोच हाँसिल गर्न प्रथम पञ्चवर्षीय योजनाले लिएका लक्ष्य, उद्देश्य, प्राथमिकता तथा रणनीतिहरू कार्यान्वयन गर्दै गरिबी निवारण र आर्थिक-सामाजिक रुपान्तरणसहितको समानुपातिक समावेशी विकास लक्ष्य विन्दुमा पुर्याउने दिशामा आगामी कार्यक्रमहरू केन्द्रीत रहेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रदेश प्रमुख कलौनीले नीति तथा कार्यक्रम प्रस्तुत गरेसँगै सो नीति माथि आज नै छलफल हुने सभामुख राजबहादुर शाहीले जानकारी दिए । बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस