गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पोखरेल नियुक्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पोखरेल नियुक्त


२९ जेष्ठ २०७८, शनिबार


पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका पोखरेलले आफूलाई मुख्यमन्त्री नियुक्ति गरियोस भन्दै गण्डकी प्रदेशका ३१ सांसदसहित प्रदेश प्रमुखसमक्ष पत्रसहित दाबी पेश गरेका थिए।

नेपाली कांग्रेस संसदीय दलका ७१ वर्षीय नेता पोखरेल नवलपरासी पूर्व १(क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।

 

Tags :
प्रतिक्रिया दिनुहोस