प्युठानमा सरकारी गाडी दुर्घटना, चालकको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्युठानमा सरकारी गाडी दुर्घटना, चालकको मृत्यु


२९ जेष्ठ २०७८, शनिबार


प्युठान । प्यूठानमा एक सरकारी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय प्यूठानको ध १ झ ५ नम्बरको गाडी दुर्घटना हुँदा गाडीका चालक अन्दाजी २५ वर्षीय प्रकाश आचार्यको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार गाडी मल्लरानी डाँडाबाट २–३ सय मिटर तल खसेको छ । सदरमुकाम खलङ्गातर्फ आउँदै गरेको गाडीमा चालक एक्लै सवार रहेको प्रहरीको भनाइ छ ।

आचार्यको शव पोस्टमार्टमका लागि बिजुवार अस्पतालमा ल्याइँदै गरेको गैरेको भनाइ छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस