इथियोपियाको टिग्रे क्षेत्रमा अनिकालबाट ३ लाख ४३ हजार जनसङ्ख्या सङ्कटमा : संयुक्त राष्ट्रसङ्घ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

इथियोपियाको टिग्रे क्षेत्रमा अनिकालबाट ३ लाख ४३ हजार जनसङ्ख्या सङ्कटमा : संयुक्त राष्ट्रसङ्घ


एजेन्सी

२९ जेष्ठ २०७८, शनिबार


काठमाडौँ । इथियोपियाको टिग्रे क्षेत्रमा अनिकालबाट ३ लाख ४३ हजार जनसङ्ख्या सङ्कटमा परेका छन् । अनिकालबाट सङ्कटमा परेका मध्ये ३३ हजार बालबालिकाको भोकमरीबाट मृत्यु हुनसक्ने संयुक्त राष्ट्रसंको चेतावनी छ ।

संयुक्त राष्ट्रसङ्घको सहायता प्रमुख मार्क लोकोकले टिग्रेमा अनिकाल रहेको बताए । संयुक्त राष्ट्र संघ र सहायता समूहको अध्ययन अनुसन्धानका आधारमा उक्त तथ्याङ्क देखिएकोले चेतावनी दिइएको हो ।

टिग्रेमा भोकमरीका कारण विनाशको जस्तै स्थिति आइलागेको र ठूलो सङ्ख्यामा बालबालिका भोकमरीको चपेटामा पर्न सक्ने युनिसेफले जनाएको छ । उक्त क्षेत्रमा मानवीय सहायता पुर्‍याउन समेत युनिसेफको आग्रह छ ।

बीबीसीका अनुसार इथियोपियाले भने संयुक्त राष्ट्रसंघको उक्त अध्ययनप्रति असहमति जनाएको छ ।

सन् २०२० को नोभेम्बर महिनादेखि सरकारी र विद्रोही पक्षबीच जारी सङ्घर्षका कारण टिग्रे क्षेत्रबाट करिब १७ लाख विस्थापित भइसकेका छन् । बीबीसी

Tags :
प्रतिक्रिया दिनुहोस