दुई हजार जरिवानामा छुटे गणेश लामा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दुई हजार जरिवानामा छुटे गणेश लामा


२८ जेष्ठ २०७८, शुक्रबार


गणेश लामा

पोखरा । निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा बिहीबार पक्राउ परेका गणेश लामालाई दुई हजार जरिवाना गरेर छाडिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले उनलाई २ हजार जरिवाना लिएर छाडेको हो ।

उनलाई लेक साइडको एक होटेलबाट प्रहरीले पक्राउ गरेको थियो । कोभिड–१९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशअनुसार प्रहरीले कारबाहीका लागि प्रशासनमा पठाइएको थियो । अध्यादेशमा निषेधाज्ञा उल्लङ्घन गरेमा एक लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।

बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशसभामा विश्वासको मत लिने बेलामा उनी आएकाले राजनीतिक चलखेल गर्न लागि आएको आशङ्का गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस