नागरिकता सम्बन्धी अध्यादेश रोक्दा समस्या भयावह हुनेछः ठाकुर « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नागरिकता सम्बन्धी अध्यादेश रोक्दा समस्या भयावह हुनेछः ठाकुर


२८ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ । जसपाका अध्यक्ष महन्थ ठाकुरले नागरिकता सम्बन्धी अध्यादेशलाई रोक्दा समस्या भयावह हुने बताएका छन् ।

नेपाल सरकारले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेको विरुद्धमा परेको रिटमा सर्वोच्च अदालतले सुनुवाई गर्दै तत्काल कार्यान्वयन नगर्नु भनेर अन्तरीम आदेश दिएपछि जसपाका नेता रुष्ट बनेका हुन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त मन्त्री राजकिशोर यादवको सम्मान आयोजित कार्यक्रममा बोल्दै ठाकुरले अध्यादेश पनि कानुन नै भएकाले सर्वोच्च अदालतले रोक्नु गलत भएको बताएका छन् ।

३ वर्षदेखि नागरिकता सम्बन्धी विधेयक संसदमा अड्किएको उल्लेख गर्दै ठाकुरले संसदले नागरिकता सम्बन्धी विषयमा निर्णय गर्न नसकेको पनि बताएका छन् ।

उनले नागरिकताको अभावमा नागरिकहरु रोजगार, शिक्षा, व्यापार व्यवसायका लागि र विदेश जान समस्या भएको भन्दै राज्यको सेवा सुविधाबाट वञ्चित हुनुपरेको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस