लकडाउनकै बिचमा ६२२ स्वास्थ्यकर्मीको स्तर वृद्धि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लकडाउनकै बिचमा ६२२ स्वास्थ्यकर्मीको स्तर वृद्धि


२८ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ । स्वास्थ्य सेवा विभागले विभिन्न तहका ६ सय २२ जना स्वास्थ्यकर्मीहरूको स्तर वृद्धि गरेको छ ।

गत वर्षको पौषदेखि स्वास्थ्य सेवा विभागमा दर्ता भई कागजात पुरा भएका स्वास्थ्यकर्मीहरुमध्ये प्यारामेडिक्स तर्फ चौथोबाट पाँचौँ एक सय २५ जना, पाँचौँबाट छैटौँ तीन सय आठ जना र छैठौबाट सातौँ १० जना गरी चार सय ४३ जनाको स्तर वृद्धि भएको भने नर्सिङतर्फ चौथोबाट पाँचौँ ८४ जना, पाँचौँबाट छैटौँ ८९ जना र छैटौँबाट सातौँ ६ जना गरी एक सय ७९ जना स्वास्थ्यकर्मीहरूको स्तर वृद्धि गरिएको विभागका सूचना अधिकारी महेश पाण्डेले बताए ।

स्वास्थ्यकर्मीहरूलाई थप हौसला प्रदान गर्न लकडाउनकै बिच पनि स्तर वृद्धि गरिएको पाण्डेको भनाई छ । यससँगै २०७७÷०७८ देखि हालसम्म एक हजार नौ सय ८२ जना स्वास्थ्यकर्मीको स्तर वृद्धि भएकोसमेत उनको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस