संस्कृतिविद् सत्यमोहन जोशीको किस्ट अस्पतालमा उपचार हुँदै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

संस्कृतिविद् सत्यमोहन जोशीको किस्ट अस्पतालमा उपचार हुँदै


२८ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी स्वास्थ्यमा समस्या आएपछि ललितपुरको किस्ट अस्पतालमा उपचार भइरहेको छ ।

स्वासप्रश्वासमा समस्या, छातीको संक्रमण, मुटुको चालमा गडबडीका साथै रक्तचापमा कमी देखिएपछि जेठ २६ गते अस्पताल भर्ना भएका थिए ।

उनको छातीमा निमोनियाको संक्रमण देखा परेकोले उपचार सुरु गरिएको अस्पतालले एक प्रेस विज्ञप्ति निकालेर जानकारी दिएको छ । हाल स्वासप्रश्वासको स्थिति र मुटुको चाल स्थिर रहेको छ अस्पतालले जनाएको छ। उनलाई अरु केही दिन अस्पतालमै राखी उपचार जारी राखिने विज्ञप्ति मार्फत जानकारी दिएको छ।

१०२ वर्षीय संस्कृतिविद्जो शीको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस