प्रतितोला ६०० रुपैँयाले बढ्यो सुनको मुल्य « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रतितोला ६०० रुपैँयाले बढ्यो सुनको मुल्य


२८ जेष्ठ २०७८, शुक्रबार


सुन

काठमाडौँ । नेपाली बजारमा सुनको मुल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य शुक्रबारका लागि ९४ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।

आज शुक्रबारका लागि तेजावी सुनको मुल्य ९४ हजार रुपैयाँ तोकिएको छ । बिहीबार तेजावी सुन तोलमा ९३ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मुल्य पनि तोलामा १५ रुपैयाँले बढेको महासंघले जनाएको छ । बिहीबार प्रतितोला एक हजार तीन सय ५५ रुपैयाँका कारोबार भएको चाँदीको आजको मूल्य एक हजार तीन सय ७० रुपैयाँ तोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस