गण्डकी प्रदेशका खेलकुद मन्त्री राजीव गुरुङले दिए राजीनामा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

गण्डकी प्रदेशका खेलकुद मन्त्री राजीव गुरुङले दिए राजीनामा


२८ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले पदबाट राजीनामा दिएका छन् ।

बिहीबार संसदमा अनुपस्थित भएका मनाङेले पदबाट राजीनामा दिएका हुन्। उनले बिहीबारबाटै लागु हुनेगरी आफूले पदबाट राजीनामा दिएको बताएका छन्।

उनले मुख्यमन्त्री नै पदमुक्त भइसकेपछि आफूलाई मन्त्रीका रूपमा काम गर्न नैतिकताले नदिने भएकाले राजीनामा दिएको बताएका छन्।

राजीनामा पत्रमा उनले आफू बिहीबारको संसद् बैठकमा अनुपस्थित हुनुको कारण पनि खुलाएका छन्। जसमा उनले विपक्षी गठबन्धनको नेतृत्वमा वैकल्पिक सरकार निर्माण गर्ने उद्देश्यले आफू बिहीबारको बैठकमा अनुपस्थित भएको उल्लेख गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस