प्रदेश २ मा चुरे संरक्षणलाई विशेष प्राथमिकता दिँदै नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ) « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रदेश २ मा चुरे संरक्षणलाई विशेष प्राथमिकता दिँदै नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)


२७ जेष्ठ २०७८, बिहिबार


धनुषा । प्रदेश २ का प्रदेश प्रमुख राजेश झा अहिराजले प्रदेशसभामा आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

प्रदेशसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि तथा रोजगारीमा विशेष जोड दिइएको छ । यसका अतिरिक्त नीति तथा कार्यक्रममा चुरे संरक्षणलाई विशेष प्राथमिकताका साथ समावेश गरिएको छ । संघीय सरकारले व्यापार घाटा न्यूनीकरणका लागि गिट्टी बालुवा उत्खनन् गरी निर्यात गरेर व्यवसाय गर्ने खाले बजेटमा नै प्रस्तुत गरेपछि प्रदेश नम्बर २ को सरकारले नीति तथा कार्यक्रममा चुरे संरक्षणमा विशेष जोड दिएको छ ।

नीति तथा कार्यक्रममा चुरे विनाशबाट प्रदेशका साथै देश नै मरुभूमि तर्फ अग्रसर हुने भएकाले चुरे संरक्षणका लागि कानूनी तथा प्रशासनिक नीति अवलम्बन गर्ने उल्लेख गरेको छ । चुरेको फेदमा हरियो वन विकास, चुरे क्षेत्रमा जलाशय निर्माण लगायतका नीति अपनाइने भएको छ । यसका साथै नदीको बालुवा, ढुंगा आदि ढुवानीमा नियन्त्रण गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

नीति तथा कार्यक्रममा सबैभन्दा बढी जोड स्वास्थ्य क्षेत्रमा छ । स्वास्थ्य क्षेत्र अन्तर्गत कोरोना परिक्षणको दायरा फराकिलो बनाइने, पूर्ण खोप प्रदेश अभियान चलाइने, दलित तथा सीमान्तकृत समूदायलाई निःशुल्क स्वास्थ्य सुविधा उपलब्ध गराइने नीति अख्तियार गरिने उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस