२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमआइटी ग्रुपबाट तीन करोडको स्वास्थ्य सामग्री सहयोग

अ+ अ-

काठमाडौँ । एमआईटी ग्रुप फाउण्डेसनले कोरोना प्रभावित नेपालीका लागि थप तिन करोड रुपैयाँका स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

गैरआवासीय नेपाली शेष घले र जमुना गुरुङद्वारा स्थापित फाउण्डेसनले संक्रमितको उपचारका लागि अस्पतालहरुमा अक्सिजनको कमी भइरहेको अवस्थामा मानव जीवन रक्षाका लागि आपतकालीन सहयोगस्वरुप दुई सय २० थान अक्सिजन कन्सन्ट्रेटर खरिद गरी नेपाल सरकारलाई हस्तान्तरण गर्न लागेको हो ।

अष्ट्रेलियामा मुख्यालय रहेको फाउण्डेसनले ती सामग्री शनिबार साँझ काठमाडौ आइपुगेको जनाएको छ । फाउण्डेसनले गत वर्ष कोरोना प्रभावितको सहयोगका लागि रु तिन करोड सहयोग गरेको थियो । फाउण्डेसनकी निर्देशक जमुना गुरुङले कोरोना कहरसँग लडिरहेको मातृभूमिप्रतिको दायित्वबोध गरेर यो रकम सहयोग गर्न लागेको बताइन् ।

फाउण्डेसनका निर्देशकद्वय शेष घले र जमुना गुरुङले विभिन्न खोप उत्पादक कम्पनी, कोभ्याक्स अभियान सञ्चालन गरिरहेका संस्था र अष्ट्रेलिया सरकारसँग समेत नेपाललाई खोप उपलब्ध गराउन पहल गरिरहेको फाउण्डेसनले जनाएको छ ।