सोमालियामा खाद्य संकट, २७ लाखभन्दा बढी मानिस प्रभावित « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सोमालियामा खाद्य संकट, २७ लाखभन्दा बढी मानिस प्रभावित


२२ जेष्ठ २०७८, शनिबार


संयुक्त राष्ट्रसंघ । सोमालियामा खडेरीका कारण खाद्य संकट परेको जनाइएको छ । यहाँ समयमा पानी नपरेका कारण देशव्यापी रुपमा सुख्खा पन भएको र जसका कारण २७ लाखभन्दा बढी मानिस प्रभावित भएका बताइएको छ ।

सो कुरा सोमालियामा रहेको मानवीय सहायतासम्बन्धी निकायले जानकारी दिएको छ । मानवीयता सम्बन्धी सहयोगका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (ओसिएचए) का अनुसार सोमालियामा खडेरीका कारण यहाँका यति धेरै नागरिक प्रभावित भएका हुन् ।

यसै वर्षको अप्रिलदेखि सेप्टेम्बर सम्ममा ती नागरिकलाई खाद्य संकट पर्ने जनाइएको छ । आवश्यक मात्रामा पानी नपरेका कारण उब्जनी नभएकोले यहाँ खाद्यान्न उत्पादन हुन सकेको छैन त्यसैले उनीहरुलाई आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने जनाइएको छ ।

सोमालियाको सरकारले यही अप्रिल २५ तारिखका दिन संयुक्त राष्ट्रसंघीय अधिकारीहरुसँग परामर्श गरी यहाँ खडेरीका कारण खाद्य संकट पर्न गएको घोषणा गरिएको थियो । सोही कारण संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी उक्त निकायले सहयोगका लागि विदेशी दातृसंस्था या देशहरुलाई आग्रह पनि गरेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस