स्टाफ कलेजलाई सम्झिँदा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

स्टाफ कलेजलाई सम्झिँदा


८ जेष्ठ २०७८, शनिबार


२०७५ सालले दसैँलाई बोलाउँदै गर्दा मोबाइलको घण्टी बज्छ, अनि म्यासेज खोलेर हेर्दा कंग्र्याचुलेसन, यु आर सेलेक्टेड, पीएससी होप्स एक्सिलेन्ट परफरमेन्स एन्ड इथिकल बिहेभिय भन्ने शब्द भेटिन्छ । सामाजिक सञ्जालमा कंग्र्याचुलेसन, ह्याप्पी वर्थ डे, ह्याप्पी एनिभर्सरी, रीप जस्ता शब्दहरू बग्रेल्ती भेटिन्छन् । जन्ती गएर मलामी जानु हुन्न भन्ने संस्कारमा हुर्किएको म हार्दिक श्रद्धाञ्जली लेखेर धेरैपटक ह्याप्पी बर्थडे लेख्न पुगेको छु । तर यस पटकको बधाई सारै उत्साहजनक भएर आयो । सार्वजनिक प्रशासनको एक सदस्य भएर होला आफ्नो जीवन निजामती सेवामा समर्पण गर्ने अहोभाग्य मिलेको छ । लोक सेवाको परीक्षा पास गरी आफ्नो मात्र नभएर गोरखापत्रमा तीन पुस्ते नाम छापिएको दिन । काठको फलेकमा निप्पो ब्याट्रीको कालो दलेर, कमेरोले लेख्ने अनि सिमीको पातले मेट्ने गरेर साउँ अक्षर चिनाउने स्वर्गवासी हजुरबुवाको सारै याद आयो । लाग्छ आज उनको आर्सीवाद लाग्यो । प्रत्येक वर्षको दसैँमा सरकारी जागिरे हुनु भन्ने आशीर्वाद दिनुहुन्थ्यो । हुन पनि हो । आज म जे छु हिजोको पुर्खाले गरेको असल कर्मको ब्याज जस्तो लाग्छ । म त केवल कर्ता हुँ ।

खास गरी शाखा अधिकृतको परीक्षा पास गरेपछि मान्छेमा छुट्टै जोस जाँगर आउँछ । मलाई पनि त्यस्तै थियो । अझ सेवा प्रवेश तालिमको लागि स्टाफ कलेज छिर्दा बेग्लै आनन्द लागेर आयो । तालिमको फम्र्याट कोरा सैद्धान्तिक मात्र नभएर निकै व्यवहारिक पनि बनाइएको रहेछ । स्टाफ कलेजको विशेषता नै यही हो । रमाउँदै सिक्ने अनि सिक्दै रमाउने । जावलाखेलमा रहेको स्टाफ कलेज कुनै समयको जुद्घशमशेरको आवासीय दरबार रहेछ । वरिपरिको वातावरण नै लोभलाग्दो रहेछ ।

मङ्सिर महिनादेखि सुरु भएको तालिम ६ महिने भनिएता पनि ४ महिनामा नै कार्यक्षेत्रमा पठाइने भन्ने हल्लाले मनै अमिलो बनायो । त्यसमाथि सुरुदेखि नै समायोजन गरिने भन्ने हल्लाले सताइ रह्यो । समायोजन भएपश्चात् प्रशासन सेवाका कर्मचारीको वृत्ति विकास प्रदेश र स्थानीय तहमा मात्र सीमित हुन्छ भन्ने हल्ला भुसको आगो जसरी सल्किरहेका थिए ।

यसपालिको तालिममा पहिलो पटक न्याय सेवाका साथीहरू समेत सहभागी हुनुहुन्थ्यो । एउटै परीक्षा पास गरेर आएको भएता पनि सेवा, समूह अनुसार एक प्रकारको कम्फोर्ट जोन तयार भैसकेको थियो । त्यसमा परराष्ट्र सेवा, न्याय सेवा, लेखा परीक्षण सेवा, राजस्व सेवाहरू आकर्षक मानियो भने सामान्य प्रशासन सेवा र लेखा समूहका समायोजन भइने डरले झस्काइरह्यो । सामान्य प्रशासन र लेखा समूहले समायोजन गर्ने कार्य विभेदपूर्ण छ भनेर सिंहदरबारसम्म पुगेर आन्दोलन गर्दै गर्दा अन्य सेवामा रहनुभएका साथीहरूबाट भनेजती मद्दत मिलेन ।

तालिमको उद्घाटनको दिन साह्रै रमाइलो भयो । मङ्सिरको चिसो महिनामा काठमाडौँको मौसमले बाक्लो सिरक मागिसकेको थियो । मनमा एक प्रकारको ऊर्जा आएको थियो । कोटभित्र टाइको टाउको देखिने गरी स्विटर लगाएको थिएँ । सबै प्रशिक्षार्थी अधिकृतहरू निजामती पोसाकमा ठाँटिएर आएका थिए । को भन्दा को कम रु भने जसरी । परीक्षाको प्रतिस्पर्धी भावनाबाट सहकर्मीको भावना त्यो धपक्क बलेको अनुहारमा देखिन्थ्यो । मेरो चिने जानेको अनुहारहरू कम थिए । बारा जिल्लाको उत्तरी भेगमा पर्ने जंगलवेष्टित गाउँ निजगढबाट नै बालकक्षादेखी ब्याचलरसम्म पढियो । चार्टड एकाउन्टेन्ट ९सिए० बन्न निस्केको ठिटो त्यो सपनालाई एक छिन थाती राखेर एकाएक निजामती तर्फ मोडिएर आज स्टाफ कलेजको कोठामा आइपुगेको छ । पोसाक सादा भए पनि सपना रङिन छ ।

काठमाडौँसँग कि परीक्षा दिन आउँदा कि किताब किन्न आउँदा-जाँदाको पटके यात्रा बाहेक त्यति लामो बसाइको याद छैन । । न पढ्न आइयो न तयारी कक्षामा आउन पाइयो । कुनै साइनो पनि छैन तर पनि इन्स्टिच्ुटवालाले एक थान मायाको टोकन दिएर फोटोसम्म खिचायो । खासमा काठमाडौँ मेरो लागी बिरानो सहर नै हो । साथै निष्ठुरी सहर पनि । आफ्नो परिचय खोज्दै हिँड्नु पर्ने अवस्थाबाट परिचयपत्र घाँटीमा झुन्डाएर हिँड्ने भएको छु ।
के अब चाहिँ मलाई यो सहरले चिन्यौ होला त रु कि अझै ठक्कर हन्डर खान बाँकी नै छ रु कतै समायोजनले सिंहदरबारसम्मको नाता त टुटाउने होइन रु यस्ता यस्तै प्रश्नहश्ररु मानसपटलमा खेलिरहेका छन् । तालिमका सहभागीहरू मध्ये कोही खरिदार सुब्बामा काम गरेको हुनाले खरिदार ब्याजी, कोही सुब्बा ब्याजी थिए भने कोही सँगै काम गरेका त कोही तयारी कक्षामा नेम वा एमपीएतिर भेट भएका रहेछन् ।

कार्यक्रमका अतिथिले भनिरहेका थिए, अब यो देशको जिम्मेवारी तपाइहरूको काँधमा छ । मन्त्रीज्यूले भनिरहनु भएको थियो, तपाइले लगाएको यो सेतो पोसाकमा कहिले पनि कालो दाग लाग्न नदिनुस् । भाषण चलिरहेको थियो । यता मेरो पञ्चइन्द्रियमध्ये आँखाले अरू केही चिज खोजिरहेको थियो । त्यो मञ्च देशका सबै भु–भागबाट आएका कर्मयोगीहरूको साझा फूलबारी थियो । त्यही फूलबारीमा एउटा फुल खोजिरहेको थिए । त्यो फुल जुन लोकसेवाले प्रकाशित गरेको अन्तिम नामावलीमा समावेश भएको थियो । मैले स्टाफ कलेजमा आउनुभन्दा पहिला नै फ्रेन्ड रिक्वेस्ट पठाइसकेको थिएँ तर तामेलीमा भएर होला आजसम्म जवाफ आइसकेको थिएन । कार्यक्रम सकिएपछि कलेजको गेटमा बसेर स्वागतम ब्याट३३ लेखिएको ब्यानर छेउ बसेर एउटा फोटो खिचाउँदै थिए, त्यतिकैमा एउटा रातो स्कुटी मेरो अगाडिबाट हुर्र…….जान्छ ।

निजामती पोसाकमा सजिएकी ती युवतीको कपाल हेलमेटबाट बाहिर काँधसम्म आएको हुन्छ भने अगाडिको चेहरा घामको बैगुनी किरणले चुम्न नपाओस् भनेर रेसमी स्कार्फले ढाकिएको हुन्छ । ती युवतीको को हुन् ? त्यति भेऊ पाउन सकिएन । लाग्यो, कतै मैले खोजिरहेको बगैँचाको फुल त थिएन ?

प्रतिक्रिया दिनुहोस