राष्ट्रपतिद्वारा नर्सहरूको त्याग, समर्पण र लगनशीलताको उच्च प्रशंसा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

राष्ट्रपतिद्वारा नर्सहरूको त्याग, समर्पण र लगनशीलताको उच्च प्रशंसा


प्रशासन संवाददाता

२९ बैशाख २०७८, बुधबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नर्सहरूको त्याग समर्पण र लगनशीलताको उच्च प्रशंसा गरेकी छन् । बुधवार अन्तर्राष्ट्रिय नर्स दिवसको शुभकामना दिँदै कोरोनाविरुद्धको लडाइँमा अग्र भागमा रहेर अहोरात्र खटिएका नर्सहरूको उच्च प्रशंसा गरेकी हुन् ।

आज फ्लोरेन्स नाइटिङ्गेलको २०१ औँ जन्मदिन तथा अन्तर्राष्ट्रिय नर्स दिवस मनाइँदै छ ।

राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्विटरमा शुभकामना सन्देश दिँदै भनेकी छन्,‘विश्वव्यापी महामारी (कोभिड–१९) विरुद्धको लडाइँमा अग्र भागमा रहेर सङ्क्रमितहरूको हेरचाहमा अहोरात्र खटिनुभएका सम्पूर्ण नर्सहरूको त्याग, समर्पण र लगनशीलताको उच्च प्रशंसा गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

Tags :
प्रतिक्रिया दिनुहोस