कोमललाई वार्डमा सारियो, पूर्वराजाको रिपोर्ट नेगेटिभ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोमललाई वार्डमा सारियो, पूर्वराजाको रिपोर्ट नेगेटिभ


२८ बैशाख २०७८, मंगलबार


काठमाडौँ । कोरोना संक्रमित पूर्वरानी कोमल शाहलाई आइसीयूबाट वार्डमा सारिएको छ ।

१८ दिनअघि अस्पताल भर्ना भएकी उनलाई केहीदिनपछि प्लाज्मा थेरापी विधिबाट उपचार गर्न थालिएको थियो ।

कोमलको स्वास्थ्य अवस्थामा सुधार भएपछि केही दिनअघिदेखि नै आइसीयूबाट वार्डमा सारेर उपचार जारी राखिएको छ । पछिल्लो समय उनलाई दिइँदै आएको अक्सिजनको मात्रा घटाउँदै लगिएको छ । अहिले कोमलको स्वास्थ्य अवस्थामा दैनिक र क्रमिक सुधार भइरहेको छ ।

नर्भिक अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको भने,कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस