काठमाडौँ उपत्यकामा विहान १० बजेसम्म पसल खोल्न पाइने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

काठमाडौँ उपत्यकामा विहान १० बजेसम्म पसल खोल्न पाइने


२८ बैशाख २०७८, मंगलबार


काठमाडौँ । काठमाडौँ उपत्यकामा अब विहान १० बजेसम्म उपभोग्य वस्तुको पसल खोल्न पाइने भएको छ ।

काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले उपभोग्य वस्तुको पसल १० बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

यसअघि वैशाख २२ गतेदेखि २९ गतेसम्म विहान ९ बजेसम्म मात्र पसल खोल्न पाइने गरी निषेधाज्ञाको आदेश जारी गरिएको थियो । मंगलबार बसेको प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जेठ १३ गतेसम्म निषेधाज्ञा थप गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस