नेता खनाल कोरोना सङ्क्रमण मुक्त, अस्पतालबाट डिस्चार्ज हुँदै « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

नेता खनाल कोरोना सङ्क्रमण मुक्त, अस्पतालबाट डिस्चार्ज हुँदै


२८ बैशाख २०७८, मंगलबार


काठमाडौँ । कोरोना सङ्क्रमण भई यस नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल स्वस्थ भई आज डिस्चार्ज हुँदै छन् ।

वैशाख १८ गते शनिवार नर्भिक अस्पतालमा भर्ना हुनुभएका उहाँलाई अक्सिजनको सपोर्टमा उपचार सुरु गरिएको थियो । नर्भिक अस्पतालमा भर्ना भएको भोलिपल्टदेखि नै उनलाई प्लाज्मा थेरापी विधिबाट समेत उपचार गरिएको थियो ।

नर्भिकमा भर्ना भएपछि उनको स्वास्थ्य अवस्थामा क्रमिक रूपमा सुधार भइरहेको थियो । यही क्रममा दुई दिनअघि स्वाब परीक्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ आएको थियो । चिकित्सकहरूको सल्लाहअनुसार उनी आज डिस्चार्ज हुन लागेका हुन् ।

नेता खनालको उपचारमा नर्भिक अस्पतालका चिकित्सकहरू डा. जेपी जैसवाल र डा. बी श्रीवास्तव नेतृत्वको स्वास्थ्यकर्मीको टिम संलग्न थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस