वैकल्पिक सरकार गठनमा संलग्न हुनु मधेश आन्दोलनको मर्म र भावना विपरीत हो : महन्थ ठाकुर « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

वैकल्पिक सरकार गठनमा संलग्न हुनु मधेश आन्दोलनको मर्म र भावना विपरीत हो : महन्थ ठाकुर


२८ बैशाख २०७८, मंगलबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले अहिले वैकल्पिक सरकार गठनमा संलग्न हुनु मधेश आन्दोलनको मर्म र भावना विपरीत भएको बताएका छन् । सोमबार विज्ञप्ति जारी गर्दै अध्यक्ष ठाकुरले वर्तमान राजनीतिक परिस्थितिमा जसपा नेपाल सत्ता प्राप्ति भन्दा पनि एजेन्डा सम्बोधनको विषयमा केन्द्रित रहेको बताउँदै वैकल्पिक सरकार जसपाको उद्देश्य विपरीत भएको बताए ।

उनले भने, ‘वर्तमान राजनीतिक परिस्थितिमा जसपा नेपाल सत्ता प्राप्ति भन्दा एजेन्डा सम्बोधनको विषयमा केन्द्रित रहेको र मुद्दा सम्बोधन नै जसपा नेपालको मूल ध्येय रहेको अवस्थामा मुद्दाबाट विचलित भई सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्य विपरीत हो, मधेश आन्दोलनको मर्म र भावनाको प्रतिकुल हो, त्यस्तो कार्यबाट झन् अस्थिरता हुने तथा एजेन्डा सम्बोधनको कार्य अझै अनिश्चितता तर्फ धकेलिने निश्ति प्रायः छ ।’

अध्यक्ष ठाकुरले विगत केही हप्तादेखि प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार र जसपा नेपालबीच मधेशी, आदिवासी, जनजाति, थारु, महिला, दलित, मुस्लिमलगायत सिमान्तकृतहरुको महत्त्वपूर्ण सवालहरू मुद्दाफिर्ता, बन्दि रिहाई, नागरिकता, संविधान संशोधन, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने लगायतका विषयमा सकारात्मकरुपले वार्ता अघिबढीरहेको पनि जानकारी दिए ।

 

 

 

 

 

Tags :
प्रतिक्रिया दिनुहोस