पाल्पाका गैरेलाई अमेरिकामा विद्यावारिधि « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

पाल्पाका गैरेलाई अमेरिकामा विद्यावारिधि


२८ बैशाख २०७८, मंगलबार


गण्डकी । पाल्पा जिल्लाको वगनासकाली गाउँपालिका–७ खानीगाउँका शङ्कर गैरेले अमेरिकाबाट विद्यावारिधि गरेका छन् । अमेरिकाको टेक्सस राज्यस्थित ए एण्ड एम विश्वविद्यालयबाट डिपार्टमेण्ड अफ प्लान्ड प्याथोलोजी एण्ड माइक्रोबायोलोजी विषयमा विद्यावारिधि गरेका हुन् ।

चितवनस्थित रामपुर कृषि क्याम्पसबाट कृषि विषयमा स्नातकोत्तर गरेका गैरेले अमेरिकाको उक्त विश्वविद्यालयवाट विद्यावारिधि गरेका हुन् । उनलाई सो विश्वविद्यालयका उपकुलपति प्याट्रिक स्टोभरले उपाधि प्रदान गरेका हुन् । पाँच वर्षअघि अध्ययनका क्रममा अमेरिका गएका गैरेले त्यसअघि कृषि तथा वन विश्वविद्यालय चितवनमा दुई वर्ष प्राध्यापन गरेका थिए।

विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण बढे पनि शैक्षिक क्यालेण्डरमा भने कुनै असर नपरेका कारण नियमित पढाइ भएको हुँदा समयमा नै विद्यावारिधि गर्न सफल भएको गैरेले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस