अक्सिजन सिलिन्डर लिन सिडिओको सिफारिस अनिवार्य « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अक्सिजन सिलिन्डर लिन सिडिओको सिफारिस अनिवार्य


२७ बैशाख २०७८, सोमबार


काठमाडौँ। अस्पतालबाहेक व्यक्ति र संस्थाका लागी अत्यावश्यक अक्सिजन प्रमुख जिल्ला अधिकारीको सिफारिस बिना नपाइने निर्णय भएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले वैशाख २५ मा गरेको निर्णय भन्दै आफूखुसी प्लान्टबाट अक्सिजन नभर्न निर्देशनात्मक सूचना जारी गरेको हो ।

नयाँ भेरियन्टको कोभिड–१९ महामारीको रोकथामका लागी अस्पतालका लागि आवश्यक अक्सिजन उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयले समन्वय गरिरहेको छ । ‘व्यक्ति र संस्थालाई अति आवश्यक परेको खण्डमा प्रजिअको सिफारिसमा मात्र अक्सिजन उद्योगबाट दिने निर्णय भएको छ’ ललितपुरका सहायक प्रजिअ ललितकुमार बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘उद्योगलाई अनावश्यक दबाब दिएर जबरजस्ती अक्सिजन सिलिन्डर नभर्न अनुरोध छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस