बाँकेमा २४ घण्टामा ८४३ जना संक्रमित « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

बाँकेमा २४ घण्टामा ८४३ जना संक्रमित


२७ बैशाख २०७८, सोमबार


काठमाडौँ । बाँकेमा पछिल्लो २४ घण्टामा ८,४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाका तीन वटा प्रयोगशालामा गरिएको ११०७ नमुना परीक्षण गर्दा ८४३ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये बाँकेका मात्रै २५० जना महिला र ३२१ जना पुरुष गरी ५७१ जना छन् । बाहिरी जिल्लाका १२० जना महिला र १५२ जना पुरुष गरी २७२ जना संक्रमित भएका हुन ।

भेरी अस्पतालको ल्याबमा ४२२ नमुना परीक्षण गर्दा ३५३, मेडिकल कलेज कोहलपुर ल्याबमा ४३१ नमुना परीक्षण गर्दा ३३० र बागेश्वरी ल्याबमा २५४ जनाको परीक्षण गर्दा १६० जनामा संक्रमण पुष्टि भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस