नागरिक लगानी कोषमा जाने सरकारी कर्मचारीको रकम अनलाइन ट्रान्सफर « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नागरिक लगानी कोषमा जाने सरकारी कर्मचारीको रकम अनलाइन ट्रान्सफर


२७ बैशाख २०७८, सोमबार


काठमाडौँ। सरकारी कर्मचारीको नागरिक लगानी कोषमा जाने रकम अनलाइन ट्रान्सफरका माध्यमबाट रियल टाइममा पठाइने भएको छ ।

यसअघि परम्परागत रूपमा रकम कट्टी गरी कोषमा पठाउने गरिएकोमा वैशाख महिनाको पारिश्रमिक भुक्तानीबाट नागरिक लगानी कोषको रकम अनलाइनबाट रियल टाइममा पठाउन सुरु गरिएको हो ।

यससँगै कर्मचारीको पारिश्रमिक भुक्तानी हुनासाथ कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषमा कट्टी हुने रकमसमेत एकै पटक जाने छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार पारिश्रमिक भुक्तानी गर्दा अनिवार्य रूपमा परिचयपत्र नम्बर भेरिफाइ हुने छ र यसले विगतमा जस्तो विवरण नमिल्दा कोषमा रकम कट्टा नहुने, झमेला मिलाउन दूर दराजका कर्मचारी धाइरहनु पर्ने बाध्यता समेत हटेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस