आवश्यकताका आधारमा सीसीएमसीमार्फत अस्पतालमा अक्सिजन वितरणको व्यवस्था मिलाउन अनुरोध « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आवश्यकताका आधारमा सीसीएमसीमार्फत अस्पतालमा अक्सिजन वितरणको व्यवस्था मिलाउन अनुरोध


२७ बैशाख २०७८, सोमबार


काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पतालहरुमा अक्सिजन वितरणको व्यवस्थापन कोभिड–१९ संकट सञ्चालन व्यवस्थापन केन्द्र (सीसीएमसी) मार्फत मिलाउन अनुरोध गरेको छ ।

स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख डा। समिरकुमार अधिकारीले आज एक सूचना जारी गर्दै आवश्यकतामा आधारित भएर सीसीएमसीमार्फत अस्पतालहरुमा अक्सिजन वितरणको व्यवस्था मिलाउन अनुरोध गरेका हुन् ।

अस्पतालहरुलाई अक्सिजन वितरण गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा आधारित भएर अक्सिजन वितरण गर्न केन्द्रले सीसीएमसीलाई भनेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस