कोरोनाबाट होम आइसोलेशनमा दुई जनाको मृत्यु « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

कोरोनाबाट होम आइसोलेशनमा दुई जनाको मृत्यु


२७ बैशाख २०७८, सोमबार


काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमणबाट आज मृत्यु भएका पाँचमध्ये दुई जनाको होम आइसोलेशनमै मृत्यु भएको छ । होम आइसोलेशनमै मृत्यु भएका दुवै पुरुष एकै वडाका हुन् ।

अन्य तीन जनाको बनेपास्थित शिर मेमोरियल र धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी)ले जनाएको छ । केन्द्रका अनुसार होम आइसोलेसनमा मृत्यु हुनेमा धुलिखेल नगरपालिका–११ पातले खेतका २७ र ५८ वर्षका दुई पुरुष रहेका छन् ।

शनिवार ५८ वर्षीय पुरुषलाई र अर्का २७ वर्षीयलाई शुक्रवार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएयता होम आइसोलेशनमा मृत्यु भएको यो पहिलो घटना हो ।

Tags :
प्रतिक्रिया दिनुहोस