छातीमा हात राखेर सोच्नुस् यो अवस्था तपाईँले सिर्जना गरेको दम्भ र स्वेच्छाचारिता होइन ? -देउवा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

छातीमा हात राखेर सोच्नुस् यो अवस्था तपाईँले सिर्जना गरेको दम्भ र स्वेच्छाचारिता होइन ? -देउवा


२७ बैशाख २०७८, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अरूमाथि दोष थुपारेर प्रधानमन्त्री केपी शर्मा ओली भाग्न नपाउने बताएका छन् ।

प्रतिनिधिसभाको विशेष बैठकमा दलका तर्फबाट धारण राख्दै सभापति देउवाले अहिले प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था कसका कारणले आएको भन्दै प्रश्न गरेका छन् । उनले संविधानले व्यवस्था गरेको लोकतान्त्रिक मूल्य मान्यतामा चलेको छ रु सरकार सञ्चालनको जिम्मा लिएकाहरूबाट संविधान सुरक्षित छ रु देउवाले प्रश्न गरे ।

उनले झन्डै दुई तिहाइ गठबन्धनबाट यो सरकार बनेको भन्दै आज विश्वासको मत माग्नुपर्ने अवस्था आएको भन्दै ‘यसका लागि को जिम्मेवार छ रु संविधानले प्रधानमन्त्रीलाई कार्यकारी अधिकार दिए पनि प्रधानमन्त्रीलाई देश र जनताको हितमा काम गर्न के ले रोकेको छ रु’, देउवाले प्रश्न गरे । उनले ‘आफू कार्यकारी प्रधानमन्त्री हुने अनि अरूलाई दोष थोपर्ने रु अरूमाथि दोष थुपारेर प्रधानमन्त्री भाग्न पाउनुहुन्छ रु ओली नेतृत्वको सरकार पूर्ण असफल भएको छ । छातीमा हात राखेर सोच्नुस् यो अवस्था तपाईँले सिर्जना गरेको राजनीतिक अस्थिरता, दम्भ र स्वेच्छाचारिता होइन रु ’देउवाले ओलीलाई प्रश्न गरे ।

देउवाले कोभिड महामारीले जनता छटपटाइरहेका बेला थोरै मानिसलाई खोप दिएको भन्दै जनताको जीवन रक्षा गर्ने औषधिमाथि भ्रष्टाचार गर्नु गैरजिम्मेवारिताको पराकाष्ठा भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस