यी हुन् संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस पदाधिकारीहरू(सूचीसहित) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

यी हुन् संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस पदाधिकारीहरू(सूचीसहित)


२७ बैशाख २०७८, सोमबार


काठमाडौँ । संवैधानिक आयोगका रिक्त पदपूर्तिका लागि पदाधिकारीहरूको नाम सिफारिस गरिएकाे छ ।

आइतबार बसेको संवैधानिक परिषद्को बैठकले विभिन्न आयोगका रिक्त पद पूर्ति गर्न पदाधिकारीहरूको नाम सिफारिस गरेको हो ।

परिषद्ले लोक सेवा आयोगको अध्यक्षमा पूर्व सचिव माधवप्रसाद रेग्मी, सदस्यमा माधव बेल्वासे, वीरबहादुर राई,उदय सिलवाल र मञ्जु कुमारीलाई नियुक्तिका लागि सिफारिस गरेको छ ।

रेग्मीले निजामती सेवामा तत्कालीन स्थानीय विकास, राष्ट्रिय सतर्कता केन्द्र, वाणिज्य तथा आपूर्ति, लोक सेवालगायत निकायहरूमा काम गरिसकेका छन् ।

यसै गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा डा. हरि पौडेल, र सुमित्रा अमात्यलाई सिफारिस गरिएको छ ।

निर्वाचन आयोगको आयुक्तमा सगुन शमशेर जबरा, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्यमा विपिनराज निरौला र सुधा कुमारी झालाई सिफारिस गरिएको छ ।

यस्तै महिला आयोगको सदस्यमा जया घिमिरे र सावित्रीकुमारी शर्मालाई सिफारिस गरिएको हो । दलित आयोगको सदस्यमा सुन्दर पुर्कुटी, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा डा. रामकृष्ण तिमिल्सिना, सदस्यमा पुष्पराज तिमिल्सिना र मानप्रसाद खत्रीको नाम सिफारिस भएको छ ।

आदिवासी जनजाति आयोगको सदस्यमा सूर्यबहादुर गुरुङ, मधेसी आयोगको सदस्यमा आभा कुमारी, थारु आयोगको सदस्यमा डा. उमाशङ्कर चौधरी, मुस्लिम आयोगको सदस्यमा मोहम्मद समसुल हकलाई सिफारिस गरिएको हो ।

परिषद्ले सिफारिस गरेका नाम संसदीय सुनुवाइ समितिमा पठाइनेछ । सुनुवाइ समितिबाट अनुमोदनपछि राष्ट्रपतिबाट नियुक्त हुनेछन् ।

यद्यपि औपचारिक सूची अझै सार्वजनिक गरिएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस