प्रधानमन्त्रीले राजीनामा नदिए अविश्वासको प्रस्ताव दर्ता गर्ने माओवादी संसदीय दलको निर्णय « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

प्रधानमन्त्रीले राजीनामा नदिए अविश्वासको प्रस्ताव दर्ता गर्ने माओवादी संसदीय दलको निर्णय


२७ बैशाख २०७८, सोमबार


काठमाडौँ। नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

आज बसेको माओवादी संसदीय दलको बैठकले विश्वासको मत माग्ने प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा मत हाल्ने निर्णय गरेको हो ।

यस्तै प्रधानमन्त्रीले राजीनामा नदिए अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी पनि रहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

नयाँ सरकार बनाउन कांग्रेस प्रतिवद्ध रहेको भन्दै प्रधानमन्त्रीको राजीनामा नआए अविश्वासको प्रस्ताव दर्ता गर्ने माओवादी केन्द्रका एक सदस्यले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस