प्रधानमन्त्री ओलीको सम्झना भइरहनेछ : कमल थापा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री ओलीको सम्झना भइरहनेछ : कमल थापा


२७ बैशाख २०७८, सोमबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्झना भइरहने बताएका छन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमार्फत लिम्पियाधुरासहितको नेपालको नक्सा प्रकाशन र सीके राउतलाई मूलधारमा ल्याउने कामको निम्ति ओलीको सम्झना हुने बताएका हुन् ।

‘नाटकीय परिवर्तन भएन भने आज प्रम केपी शर्मा ओलीले संसद्मा विश्वासको मत गुमाउनुहुनेछ । आजै राजीनामा आउला । फेरि प्रम बन्न सक्नुहोला,’ उनले लेखेका छन्, ‘जेहोस् अनेक विवाद÷असफलताका बाबजुद लिम्पियाधुरासहितको ‘चुच्चे’ नक्सा प्रकाशन र विखन्डनकारी सीके राउतलाई मूलधारमा ल्याउने कामको निम्ति ओलीको सम्झना भइरहनेछ ।’

Tags :
प्रतिक्रिया दिनुहोस